खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न सुर्खेतमा ल्याब स्थापना हुने « Khabarhub

खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न सुर्खेतमा ल्याब स्थापना हुने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि  ल्याब स्थापना हुने भएको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन सुर्खेतमै ल्याब स्थापना हुने भएको हो ।

सुर्खेतमै खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने ल्याबको स्थापना हुने भएपछि नेपालगन्ज धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मंगलबार आफ्नो तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम गर्दै ल्याबको स्थापना गर्ने तयारी रहेको जनाएको हो ।

कर्णाली प्रदेशका १० जिल्ला हेर्दै आएको कार्यालयले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि नेपालगन्जमा रहेको ल्याब परीक्षणका लागि नमुना पठाउदै आएको थियो ।

ल्याब स्थापनाका लागि आवश्यक उपकरण सप्लायर्स कम्पनीले समयमै उपलब्ध गराइ दिएको खण्डमा आउँदो जेठ १० गतेबाट सेवा सञ्चालनमा आउने कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण आर्थिक वर्ष सकिनै लाग्दा भवनको काम ५० प्रतिशत पुरा नभएको प्रमुख थापाले बताए ।

कार्यालयले ८ कोठाको घर भाडामा लिएर ल्याब स्थापना गर्न लागेको जनाएको छ । भवन निर्माणका सन्दर्भमा कार्यालयले ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गरिरहेको थापाको भनाई छ ।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले स्थापना भएदेखि हालसम्म तीन सय ६८ उद्योग तथा पसलहरूमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा एकसय २१ वटा नमुना संकलन गरिएकोमा ६ वटा नमुनामा सरकारको खाद्य मापदण्ड अनुसार गुणस्तर नभएको र हाल मापदण्डविपरीत देखिएका नमुना मध्ये ६ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा प्रक्रियामा रहेका कार्यालयले जनाएको छ ।

यस्तै, संकलित नमुनामाहरूमा चिउरा, चना, दाल, तोरीको तेल, सोया सस, भिनेगरहरू छन् । यी खाद्यवस्तुमा लेवल नराखिएको, अखाद्यवस्तु र दुषित पदार्थ प्रयोग गरेको पाइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ११ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल