बुधबार कृष्ण अवतारको पूजा गर्दा चाहेको फल पाइन्छ « Khabarhub

बुधबार कृष्ण अवतारको पूजा गर्दा चाहेको फल पाइन्छ


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ।

विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाईन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ५ : २७ बजे

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको