प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै « Khabarhub

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै

यस्तो छ कांग्रेसको साताव्यापी सेड्युल


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न बुधबार मोरङको विराटनगर जाँदैछन्।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन्। चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो। कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ।

चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

वैशाख २२ गते चितवनको भरतपुरमा

वैशाख २३ गते काठमाडौंमा

वैशाख २४ गते रुपन्देहीको बुटवलमा

वैशाख २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते कैलालको धनगढीमा

वैशाख २७ गते डडेल्धुरामा

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : १८ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि