शुक्रबारसम्म मतपत्र ढुवानी सकिने « Khabarhub

शुक्रबारसम्म मतपत्र ढुवानी सकिने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ ।

आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताए ।

हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । भुसालका अनुसार आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको छ ।

स्थानीय तह निर्वाचन हुन भने अबको ९ दिनमा हुनेछ। आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।

निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ५३ बजे

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि