शुक्रबारसम्म देशभर नै मतपत्र ढुवानी सकिने « Khabarhub

शुक्रबारसम्म देशभर नै मतपत्र ढुवानी सकिने


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ । 

आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।

आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी
गर्न बाँकी रहेको छ ।

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ३७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज