ओटीटीमा बिक्यो सलमान र शाहरुखको फिल्म « Khabarhub

ओटीटीमा बिक्यो सलमान र शाहरुखको फिल्म


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड प्रेमी दर्शक माझ सलमान खान अभिनीत टाइगरको तेस्रो सिरिज र शाहरुख खान अभिनीत पठान प्रतीक्षित छ।

 पछिल्लो समय साउथ इन्डियन फिल्मको बढ्दो दबदबालाई टक्कर दिने फिल्मको रुपमा टाइगर ३ र पठानलाई हेरिएको छ । किनकी दुई फिल्ममा शाहरुख र सलमानले केमियो गरेका छन् । यहीबाट ‘स्पाइ युनिभर्स’ को समेत यशराज फिल्म्सले सुरुवात गरेको छ ।

यसैले गर्दा पनि दुई फिल्मको चर्चा बढ्दो छ । त्यही चर्चाको कारण दुई फिल्मलाई ओटीटी कम्पनी अमेजन प्राइम भिडियोले महँगोमा खरिद गरेको छ । हल रिलिज पश्चात डिजिटल रिलिज गर्न मात्र दुई फिल्मलाई अमेजनले चार सय दस करोड दिएको बलिउड लाइफले लेखेको छ । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रस्ट्याइसकेको छ ।

बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले  ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम , सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याउँदैछन् । उनले सिम्बामा सिंघमसूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने रिलिजको तयारीमा रहेको ‘सूर्यवंशी’ मा सिंघमसिम्बाको राम्रै भूमिका छ । दर्शक माझ पनि यसको क्रेज बढ्दो छ । यसैलाई मध्यनजर गर्दै बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गरेको छ । 

टाइगर ३ 

सलमान खान अभिनीत प्रतीक्षित फिल्म ‘टाइगर ३’ को प्रदर्शन मिति सन् २०२३ को अप्रिल २१ मा घोषणा गरिएको छ । सलमानको अघिल्ला फिल्म झैँ इद लक्षित गरेर फिल्म रिलिज हुन् लागेको हो । मनिष शर्माले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो यशराज फिल्मस्को सर्वाधिक सफल फिल्मको तेस्रो भाग हो । फिल्मको लागि ओटीटी सेवा प्रदायक अमेजन प्राइम भिडियोले दुई सय करोड रुपैयाँ दिएको छ । फिल्मको क्रेजलाई मध्यनजर गर्दै यति धुलो रकम फिल्मलाई दिएको बताइएको छ । एक था टाइगर र टाइगर जिन्दा है बक्सअफिसमा सफल भइसकेका छन् । त्यसैले पनि  ‘टाइगर ३’ बाट निकै अपेक्षा बढेको छ । इमरान हासमीको पनि मुख्य भूमिका रहने फिल्मलाई हिन्दीसँगै तामिल तथा तेलुगुमा समेत रिलिज गरिनेछ ।

पठान 

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख खानले ‘पठान’ फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाउने छन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि छन् । फिल्मलाई ओटीटी सेवा प्रदायक अमेजन प्राइम भिडियोले दुई सय दस करोड रुपैयाँ दिएको छ ।  फिल्ममा सलमान पनि देखिने छन् । उनी फिल्ममा टाइगर अर्थात अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । 

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ३६ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका