हावाहुरीका कारण पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट « Khabarhub

हावाहुरीका कारण पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । 

पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । 

उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए । 

तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यामा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए । 

उखुबाट पीडित आधिकांश किसानहरूले केरा लगाएको, तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केरा खेतमा ठुलो क्षति भएकोले राज्यले किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन् । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ५६ बजे

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा