करणको फिल्ममा शाहरुख र काजोलको जोडी ? « Khabarhub

करणको फिल्ममा शाहरुख र काजोलको जोडी ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन ।

‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरुमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो । 

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन । यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी’ और पिन्कीकी प्रेम कहानी’ मा देख्न सकिनेछ । करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन् । करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए । त्यस समयमा करणको फिल्मसँग अजय देवगण निर्देशित फिल्म ‘शिवाय’ सँगै प्रदर्शनमा आएको थियो । 

यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ । यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ । यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन् । यी दुईले केमियोको लागि एक दिनको समय समेत दिएको खबर बलिउड लाइफमा छ ।

 यद्यपि मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन । करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ५६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता