ओटीटीमा ‘राधे श्याम’ « Khabarhub

ओटीटीमा ‘राधे श्याम’


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ओटीटीमा ‘राधे श्याम’ साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिजमार्फत् चर्चामा आए ।

दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो ।

प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल यस फिल्ममा देखिएन ।
उनको पछिल्लो फिल्म ‘साहो’ झैँ हिन्दीमा समेत निर्माण गरिएको फिल्ममा प्रभासले डायलग पनि राम्रै बोल्न सकेका छैनन् । कोरोना महामारीका कारण दुई पटक डेट सरेको फिल्मले थियटर रिलिजमा राम्रो कलेक्सन गर्न नसकेपछि ओटीटीमा रिलिज भएको छ ।

अमेजन प्राइम भिडियोमा गत अप्रिल एकमै हिन्दी बाहेकको भाषामा फिल्मलाई दर्शकले हरेक छन् ।

फिल्मलाई तामिल, तेलुगु , मलयालम र कन्नड भाषामा पश्चात हिन्दीमा पनि रिलिज गरिएको छ । हिन्दी भाषालाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको छ । नेटफ्लिक्समा फिल्मले कस्तो कमाल देखाउने हो ? यो भने हेर्न बाँकी छ ।

हलमा भने फिल्म ‘फ्लप’ घोषित भइसकेको छ । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पूजा हेगड़े । भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको फिल्म प्रभास र पुजाकै आसपासमा घुमेको छ ।

फिल्ममा पुरानै कथालाई प्रस्तुत गरिएकै कारण दर्शकले राम्रो फिडब्याक दिएनन् । ४ सय करोडको हाराहारीमा निर्माण गरिएको फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ४३ बजे

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

काराकस– भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ