पुलिसको दुवै टोलीलाई सफलता « Khabarhub

पुलिसको दुवै टोलीलाई सफलता


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । 

महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ ।

 न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । 

टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्‍यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । 

यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : १४ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको