पुलिसको दुवै टोलीलाई सफलता | Khabarhub Khabarhub

पुलिसको दुवै टोलीलाई सफलता


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । 

महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंकन्यू डायमण्डकोअंक रहेको छ ।

 न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । 

टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३०२५–२३ ले पराजित गर्‍यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । 

यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफकोअंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : १४ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश