नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर « Khabarhub

नेपाली सेनाले दियो मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर हस्तान्तरण गरिएको छ।

नेपाली सेनाले विश्वविद्यालयमा रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनको प्रयोगात्मक अभ्यासका लागि उक्त हेलिकप्टर प्रदान गरेको हो ।

नेपाली सेनाका अनुसार हेलिकप्टर र हेलिकप्टरसँग सम्बन्धी ४७ वटा पार्टपूजा नेपाली सेना, सैनिक वायुसेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास महन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हस्तान्तरण गरे ।

उक्त हेलिकप्टर यसै वर्ष प्रदेश १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको एरोनटिक्स इन्जिनियरिङका विद्यार्थीले प्रयोगात्मक अभ्यासमा प्रयोग गरिने जनाइएको छ ।

उक्त हेलिकप्टर भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडले निर्माण गरेको हो । उक्त हेलिकप्टर २०५८ साल मंसिर २६ गते नेपाली सेनालाई सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाले विश्वविद्यालयले हेलिकप्टरबाट प्राविधिक ज्ञान अभिवृद्धि गर्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : ३३ बजे

नेपालमा टिभीएस एनटर्क १२५ का प्रयोगकर्ता १ करोड ५० हजार बढी

काठमाडौं–  टिभीएस एनटर्क १२५ ले नेपालमा १ करोड ५० हजार प्रयोगकर्ता भएको

कांग्रेसको योजना : प्रतिज्ञा पत्रलाई मासिक ‘रिपोर्ट कार्ड’का रुपमा कार्यान्वयन गर्दै जाने

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि सार्वजनिक

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति