आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल | Khabarhub Khabarhub

आयोजनाको काम छिटो सम्पन्न गर्नुस् : नेता पौडेल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो । आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिएका छन् । निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग सदैव साथ रहने प्रतिबद्धतासमेत जनाएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

कूल रु १५ करोड २४ लाख ३६ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना पराजुली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङसम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए । विसं २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने क्षमता रहने समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताएका छन् । 

नेपालभरका अन्य खानेपानी आयोजनामध्ये  १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको थियो । साना ठूला गरी चार योजना तथा आयोजनाबाट संकलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २६०० बढी निजी धारा जडान गरी पानी वितरण हुँदै छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : ०६ बजे

सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न

सोमबार पनि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ११ अर्ब बढी

काठमाडौं– आइतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार

लगनखेलमा हरियाली उद्यान बनाउन टहरा हटाइँदै

पाटन– ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं– जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु