यार्सा टिप्‍न जाँदा लेक लागेर दुई जनाको मृत्यु « Khabarhub

यार्सा टिप्‍न जाँदा लेक लागेर दुई जनाको मृत्यु


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ ।  मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो ।उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए ।  पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए । 

तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भउको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिए । उनका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको पनी लेक लागेर मृत्यु भएको थियो ।  उनी यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई कोइकी पाटनमा लेक लागेको थियो । 

लेक लागेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताए । यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’ का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । 

यार्सा टिप्‍न भन्दै ज्यानको बाजी थापेर समुद्री सतहदेखि करिब ४५ सयदेखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा सर्वसाधारण यार्सा सङ्‍कलन गर्न जाने गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : २२ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया