स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया « Khabarhub

स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि रसुवाका स्थानीयवासी उत्साहित भएका छन् । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं  रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा  मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपश्चात् स्थानीयस्तरमा उत्साह बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताएका छन् । साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो । शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौँ बोकेर काठमाडौँ जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा भएको निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत आँखाको शल्यक्रिया गर्ने सुविधा पाउँदा सेवाग्राही हर्षित भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका–२ निवासी कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आँखाको उपचार राम्रो भएको छ । शल्यक्रियाको सुविधा रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले पाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १ : ४३ बजे

आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो

लण्डन- इङ्ग्लिस एफए कपअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल च्याम्पियनसिप

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर सेन्सई ब्रान्डले ‘सेन्सेइ

एट्लेटिकोलाई हराएसँगै बार्सिलोनाले बलियो बनायो ला लिगामा पकड

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले १०

डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क