‘हामी गठबन्धन र त्यसको परिणामबाट बेहद असन्तुष्ट छौं’ : नेता खनाल « Khabarhub

‘हामी गठबन्धन र त्यसको परिणामबाट बेहद असन्तुष्ट छौं’ : नेता खनाल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धनका दलले आफ्नो दललाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले उक्त प्रतिक्रिया दिएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न शनिबार बसेको सचिवालय बैठकपछि बोल्दै उनले पाँच दलीय गठबन्धनमा नेकपा (एस) माथि अन्य दलले धोका दिएको बताए।

खनालले भने, ‘हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौं। गठबन्धनको भूमिका केही दलबाट भएन। यो कुरा हामीले पाँचदलीय बैठकमा पनि राखेका छौं र अहिले समीक्षा गरिरहेका छौं।’

खनालले अहिले प्रमुख वामपन्थी नेताहरू नै वामगठबन्धनको पक्षमा नरहेकाले तत्काल आउने चुनावमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन हुने सम्भावना नदेखिएको समेत बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ७ : ०८ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले