‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना « Khabarhub

‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् ।

आर्थिक सहयोग पाए बाँच्‍ने उनको आशा छ । तातोपानी गाउँपालिका-२ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य भएका छन् । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए ।

उनले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ । दुवै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने डाक्टरले भनेका छन् । सबै सहयोगी मनहरूलाई सहयोग गर्न अपिल गर्छु । मेरो घरमा छ वर्षीय छोरा र श्रीमती मात्रै मेरा साहारा छन् । बाँच्‍ने इच्चा छ ।’

स्थानीय रामबहादुर रावलले आर्थिक अभावले खत्रीलाई अस्पताल लान नसकिएको र घरमै राख्नुपरेको पीडा व्यक्त गरे ।  सकेको आर्थिक सहयोग गरेर बचाउन चाहनेले आफ्नै मोबाइल नम्बर ९७४९८४१३२४ मा सम्पर्क गर्न खत्रीको अनुरोध छ ।

उनले सांग्रिला डेभलपमेन्ट बैँक जुम्ला शाखामा रहेको आफ्नो खाता नम्बर ०२८०१२००३०७७२७०००००१ मा रकम जम्मा गर्न सकिने पनि बताए । बिरामी भएपछि उनी नेपालका विभिन्‍न अस्पताल र भारतका केही अस्पतालमा उपचारका लागि गएका थिए ।

सो क्रममा दुवै मिर्गौलो काम नगर्ने भएको अवस्थामा पुगेको चिकित्सकले भनेपछि उनी गत चैतमा घर फर्किएका थिए । आर्थिक अभावकै कारण उपचार गराउन नसकेपछि घरमै थलिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  २ : ३१ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया