बोल्ड करिश्मा (फोटो फिचर)  « Khabarhub

बोल्ड करिश्मा (फोटो फिचर) 


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३ बर्षिया मोडल करिश्मा ढकाल म्युजिक भिडियोसँगै टिकटकमा सक्रिय छिन् । संख्यात्मक हिसाबमा एक हजार भन्दा बढी भिडियोमा अभिनय गरिसकेकी करिश्मालाई चिनाउने कार्यमा टिकटकको पनि उत्तिकै हात छ । मोडलिङमा सक्रियता भएको छोटो समयमा नै चर्चित भएकी करिश्माको उही खोलाको पानी, तिमी मलाई प्रलय मन पर्ने लगायतका गीतहरू सर्वाधिक रुचाइएका छन् ।

बाल्यकाल देखि नै कलाकारितामा उनको लगाव थियो । ‘बाल्यकालमा स्कुलमा हुने कार्यक्रमहरूमा सहभागिता जनाउने गर्थे । मैले कति प्रतियोगितामा पुरस्कार पनि जितेकी छु’ करिश्मा भन्छिन्, ‘सेल्फी सेल्फी बोलको तीज गीत मार्फत मैले मोडलिङमा पाइला टेकेकी हुँ’ । पहिलो गीत नै दर्शकको प्रिय बनेपछि करिश्मालाई भिडियोको अफर आउन थाल्यो । 

तीज गीत मार्फत चिनिएकी करिश्माले एक महिनामा ७० वटासम्म तीज गीतको भिडियोमा नृत्य गरेकी छिन् । ‘मेरो पहिचान नै तीज गीत भएकाले होला अफर निकै आयो । मैले काम पनि उस्तै गरे । मैले एकै दिनमा पाँच वटा भिडियोसम्ममा काम गरेकी छु’ उनले भनिन् । यद्यपि उनको चाहना अभिनेत्री बन्ने छ । हिरोइन बन्ने इच्छा बोकेकी करिश्मालाई अफर नआएको पनि होइन । यद्यपि चित्त बुझ्दो भूमिका उनी कहाँ पुगेको छैन । ‘म आफू सुहाउँदो भूमिका पाए भने फिल्ममा पनि सक्रियता बढाउँछु’ उनले भनिन् । सानो पर्दामा पाएको लोकप्रियतालाई ठुलो पर्दामा समेत यथावत राख्ने तयारीमा रहेकी करिश्माले खबरहबका लागि फोटोसुट गराएकी छिन् ।

 

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : ३५ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली