मन्त्री आलेले भने, ‘हामी फिल्म मार्फत पर्यटन प्रवर्द्धन गर्न तत्पर छौँ’  « Khabarhub

मन्त्री आलेले भने, ‘हामी फिल्म मार्फत पर्यटन प्रवर्द्धन गर्न तत्पर छौँ’ 


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभा काठमाण्डौमा चलिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ फिल्मकर्मी नीर शाह, सरोज खनाल, सन्तोष पन्त, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघको निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार दीपकराज गिरी, निर्देशक सम्झना उप्रेती रौनियार, निर्देशक प्रचण्ड मान श्रेष्ठ, अशोक शर्मा लगायतको उपस्थिति रहेको थियो । 

No description available.कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू फिल्मनगरीको समस्यालाई सुल्झाउन तत्पर रहेको बताएका छन्। ‘म मेरो मन्त्रालय अन्तर्गतबाट हुने कामहरू कतै रोक्दिन । तपाईँहरू समस्या लिएर आउनुस् ।  मैले गर्नु पर्ने काम मात्र होइन, म समन्वयका निमित्त पनि तयार छु’ मन्त्री आलेले भने । उनले फिल्मले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने आफूले राम्रोसँग बुझेको समेत बताए । ‘आज विश्वका अन्य देशमा घुम्ने योजना बनाउने हामीले फिल्ममा हेरेको दृश्यले गर्दा हो । त्यसैले म फिल्मकर्मीसँग हातेमालो गर्न तत्पर छु । तपाइँहरुलाई छायांकन गर्दा कहाँ के समस्या हुन्छ रु म तुरुन्तै समाधान गर्ने छु र मैले सहकार्य गर्ने स्थानमा सहकार्य पनि गर्ने छु’ उनले भने । उनले कोरोना भाइरसको महामारीको समय बन्द रहेका फलहरूको बिजुलीको समस्यालाई समाधान गर्न समेत उर्जा मन्त्रालयसँग सहजीकरण गरि दिने समेत बनाए । 

‘यो चलचित्र विकास बोर्ड मेरो मन्त्रालय अन्तर्गत पर्नु पर्ने हो । तर, छैन । यद्यपि यहाँ भएका समस्यालाई सुल्झाउन म तत्पर छु’ मन्त्री आलेले भने । उनले नेपाली फिल्मकर्मीले एअरपोर्टमा भिआइपी सुविधा नपाएको तर्फ ध्यान गएको बताउँदै आफूले त्यसलाई समेत समाधान गर्ने बताए । ‘हामीले हाम्रो देशको गहनालाई भिआइपी ट्रिट दिनै पर्छ । तपाइँहरुलाई मातहतको मन्त्रालयले दिएको पहिचान पत्रले नै एअरपोर्टमा भिआइपी सुविधा दिने कम तुरुन्तै गर्छु । सोमबार बिहान मन्त्रालय आउनुस्, म तुरुन्तै फाइल अगाडि बढाएर सञ्चार मन्त्रालयसँग सहजीकरण समेत गर्नेछु’ मन्त्री आलेले भने । 

मन्त्री आलेको प्रतिबद्धतालाई फिल्मकर्मीहरूले स्वागत गरेका थिए । फिल्मकर्मी प्रत्यक्ष रुपमा जोडिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुनै चासो नदिएको समयमा आफ्नो समस्यालाई मन्त्री आलेले बुझेको भन्दै फिल्मकर्मीले स्वागत गरेका थिए । यसै साधारण सभाले नेपाल चलचित्र सङ्घमा नयाँ नेतृत्व प्रदान गर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ४ : ५३ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई