एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ « Khabarhub

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षिकाहरूले सहयोग गरेका थिए । विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरू भविष्यमा कृषिप्रति पनि आकर्षित हुन सकून् भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।

धानको बीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरूलाई शिक्षिका कविता पौडेलले बीउ राख्नका लागि आवश्यक सामान देखाउँदै यसको प्रयोगबारेमा जानकारी दिए । शिक्षिका सुनिता सुवेदीले विद्यार्थीहरूलाई बीउ राख्ने तरिकाबारे जानकारी दिएकी थिइन् । उनका अनुसार स्कुल नजिकै त्यहाँ स्कुलकै करिब एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । उनीहरूले नै उक्त धान काट्ने पनि छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : ५८ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया