समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक « Khabarhub

समन्वयात्मक विकास प्रणालीका लागि हरेक महिनाको पहिलो सोमबार बैठक


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरको समन्वयात्मक बैठक अब हरेक महिनाको पहिलो सोमबार बस्ने भएको छ ।

महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न शुक्रबार पहिलो पटक बसेको समन्वययात्मक बैठकले अबदेखी हरेक महिनाको पहिलो सोमबार बैठक राख्ने निर्णय गरेको हो । बैठक पहिलो सोमबार दिनको ३ बजे बस्ने निर्णय भएको छ ।

बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछन् । त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्ने र यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्त यस प्रकारको बैठक बस्न लागिएको प्रमुख शाहको भनाइ छ । विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने शाहले विश्वास व्यक्त गरे ।

शुक्रबारको बैठकमा महानगरका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्सहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूर सञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : १२ बजे

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर