ट्रकले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु « Khabarhub

ट्रकले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना ६ ख १२७२ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नंको अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : १९ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले