रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित « Khabarhub

रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो ।

दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लाामासमन्वय समिति निर्विरोध भएको हो । यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् ।

श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन् भने केसी नेकपा (एकीकृत समाजवादी) बाट हुन् । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे–३ बाट विष्णु रोका, पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकमा पुथाउत्तरगङ्गा–८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा छन् । रुकुमपूर्वमा तीन पालिका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ८ : ३७ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता