पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार भएर अघि बढ्नुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आज आयोजित नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, “पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो, यस सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरूले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो, सोचौँ कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।”

पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

पोखरा र गण्डकी प्रदेश हरेक सूचकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको उनले बताए ।

उनले  भने, “हाम्रा नीतिनियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनु पर्नेछ । पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ, पर्यटनमार्फत त्यो सम्भावना छ ।”

फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि प्रमुख मुद्दाका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले संरक्षणका लागि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ११ : ५३ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी