जथाभाबी फोहोर गर्नेलाई कारबाही हुने « Khabarhub

जथाभाबी फोहोर गर्नेलाई कारबाही हुने


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले जथाभाबी फोहोर गर्नेलाई कारबाही गर्ने गरी कठोर नीतिको तयारी गरेको छ । नगरलाई सरसफाइ राख्नका लागि जथाभाबी फोहर गर्नेलाई जरिवाना गर्ने गरी नगरले तयारी गरेको हो ।

फोहर सही व्यवस्थापन नहुँदा तुलसीपुरको बजार क्षेत्र दुर्गन्धित बन्दै गएको अवस्थामा उपमहानगरले कठोर नीति ल्याउन लागेको हो । नगरले फोहर मैला जथाभाबी गर्नेलाई ५ सय देखि १० हजारसम्म जरिवाना गर्ने गरी नीति ल्याउन लागेको नगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिए ।

संयोजक भण्डारीले कुनै पनि नागरिकले आफूले गरेको फोहोर आफैले गर्ने प्रवृत्तिको विकास गर्न कठोर नीति ल्याउन लागेको बताए । उनले गल्ने र नगल्ने फोहरलाई छुट्याउने र आफ्नो घर–टोल आफैले सफा नगरे कारबाही गर्ने बताए ।

तुलसीपुर उपमहानगरलाई दिगो रूपमा सरसफाइ राख्न फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन गर्न पहिलो चरणमा सचेतनाको कार्यक्रम गरिने छ। सरसफाइ तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले नगरलाई सफा, सुन्दर र नमुनायोग्य सहरको रूपमा विकास गर्न फोहोर व्यवस्थापनको थुप्रै योजना बनाएको बताए । उनले फोहोरको प्रकार हेरेर कारबाही गर्ने र जरिवाना गरिने बताए । उपमहानगरको आर्थिक ऐनमा भएको प्रस्तावलाई आधार मानेर फोहर गर्नेलाई कारबाही गर्ने बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ११ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि