रुस-युक्रेन युद्ध : मर्नेको संख्या पहिचानमै समस्या | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध : मर्नेको संख्या पहिचानमै समस्या


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लायस्चान्सकमा हवाई आक्रमण भएको छ। लुसानस्कमा चार जनालाई मारिएको छ। सेभरडोन्सटेक नजिक अन्य दुई जनाको ज्यान गएको छ। डोन्सटेक सहर नजिक अर्को एक जनाको ज्यान गएको खुलासा भएको छ।

साडीभ्सकामा रुसी सेनाले आक्रमण गरेका कारण अन्य चार जनाले ज्यान गुमाए। जुन महिनामा एकै दिन रुसी सेनाबाट मारिएका सर्वसाधारण युक्रेनीको सूची हो यो। यी सबै प्रमाणित भइसकेका सूची हुन्। यसका अलावा अन्य धेरै जनाको ज्यान गएको हुनसक्छ। तीनका बारे नखुलेको सूची अझ लामो हुनसक्छ।

२४ फेब्रुअरीको दिन रुसले युक्रेनमा हमला गरेको हो। त्यसै दिनदेखि नै सर्वसाधारणको ज्यान जाने क्रम जारी छ। यसरी सार्वजनिक भएको तथ्याङ्कको तुलनामा तीन गुणा बढीको ज्यान गएको अनुमान गरिएको छ। अमेरिकामा रहेको गैर नाफा मूलक संस्था आर्मड कन्फ्लीक्ट लोकेसन र इभेन्ट डाटा प्रोजेक्ट (एस्लेड)ले यी समाचार बाहिर ल्याएको हो।

२४ फेब्रुअरीको दिन रुसले युक्रेनमा हमला गरेको हो। त्यसै दिनदेखि नै सर्वसाधारणको ज्यान जाने क्रम जारी छ।

विज्ञकै अनुसार त्यहाँ मारिनेको वास्तविक सङ्ख्या त बाहिर आउन असम्भव नै छ। तर, साँचो के हो भने अहिले युक्रेनमा रुसी सेनाको अमानवीय व्यवहार र ज्यादतीका कारण मारिने सर्वसाधारणको सङ्ख्या कहाली लाग्दो हुनसक्छ। त्यत्ति मात्र होइन जीवितहरूको जीवन पनि रुसी सेनाको कारण ज्यादै खराब तथा वर्णन गर्नै कठिन हुने खालको पीडादायक छ।

रुस र युक्रेन दुवैले १० हजारको ज्यान गएको बताएका छन्। यसका बाबजुद यिनका दाबीमा पत्याउने कुनै आधार देखा परेको छैन। त्यहाँको वास्तविक सङ्ख्या पत्ता लगाउन संयुक्त राष्ट्र सङ्घ, राष्ट्रिय सरकार र तटस्थ निकायको चासो रहनु आवश्यक छ।

मारिनेको वास्तविक सङ्ख्या त बाहिर आउन असम्भव नै छ। तर, साँचो के हो भने अहिले युक्रेनमा रुसी सेनाको अमानवीय व्यवहार र ज्यादतीका कारण मारिने सर्वसाधारणको सङ्ख्या कहाली लाग्दो हुनसक्छ।

युक्रेनको दक्षिण र पूर्वी भाग रुसी सीमा क्षेत्रसँग जोडिएका छन्। युद्ध सुरु भए यताको दङ्गा र हिंसाका धेरै केन्द्र त्यसै स्थानलाई बनाइए। युद्ध सुरु भएदेखि जुनको मध्यसम्म त्यस स्थानमा उही रफ्तारमा सर्वसाधारणले ज्यान गुमाएका थिए। एस्लेडको तथ्याङ्कमा स्थानीय सञ्चार माध्यमले पुष्टि गरेको हवाई आक्रमणबाट ज्यान जानेको सङ्ख्या छ। त्यस संस्थाको तथ्यांक सङ्कलनको आधार पनि वैज्ञानिक भन्दा बढी पुरातनवादी नै थियो।

एस्लेडको तथ्याङ्कमा मारिनेको सूची १० हजार पार गरिसकेको छ। दक्षिणमा मारिओ पोल, उत्तर पूर्वमा खार्कीभ र पूर्वको बिलोखोरिभामा सबै भन्दा धेरैले ज्यान गुमाएका छन्।

एस्लेडको तथ्याङ्क अनुसार यसरी मर्नेमा जुनको मध्यसम्ममा तीन हजार ७ सय सर्वसाधारणको सूची तयार छ। तर, राष्ट्र संघले महिनाको अन्त्यसम्ममा चार हजार ७ सय सर्वसाधारणको ज्यान गएको जनाएको छ। एस्लेडको सूचीमा प्रत्यक्ष भिडन्तमा मारिएको पुष्टि भएको तथ्याङ्क छ।

एस्लेडको तथ्याङ्क अनुसार यसरी मर्नेमा जुनको मध्यसम्ममा तीन हजार ७ सय सर्वसाधारणको सूची तयार छ। तर, राष्ट्र संघले महिनाको अन्त्यसम्ममा चार हजार ७ सय सर्वसाधारणको ज्यान गएको जनाएको छ।

भोकमरी र खराब स्वास्थ्य संयन्त्रका कारण यस बीचमा मर्नेहरू एस्लेडको सूचीमा छैनन्। त्यसो त अन्य निकायका लागि त्यहाँको खराब अवस्थाका कारण सही सूचना पाउन कठिन भएको छ।

राष्ट्र संघले हरेक मृत्युलाई पुष्टि गर्न त्यहाँको प्रहरी अधिकारी , अस्पताल र अन्य नागरिक तहका रेकर्डको सहारा लिएको छ। अन्तर्राष्ट्रिय निकायको चासो अहिले मारिओपोलमा कत्ति जना मारिएका थिए भने पत्ता लगाउनमा केन्द्रित हुनेछ। त्यहाँ सर्वसाधारण समेत धेरै दिनसम्म घेराबन्दीमा परेका थिए। घेराबन्दीकै बीचमा रुसी सेनाले बम बारी गरेको थियो।

‘हामीले यस बीचमा युद्धको केन्द्र ठहरिएका सहरमा नै तीन हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको अनुमान गरेका छौ। सही उपचार नपाएका कारण र अस्पतालको अवस्था खराब हुनुका साथै मानसिक तनावका कारण यती धेरै जनाले ज्यान गुमाएका थिए’, युक्रेनका मानव अधिकार मनीटरिंग मिसनका निर्देशक माटिल्डा बग्नरले भनेका छन्।

राष्ट्र सङ्घ र एस्लेडको तथ्याङ्क अनुसार नै युक्रेनमा सर्वसाधारणको मृत्युको मुख्य कारण नै हवाई आक्रमण हो। राजधानी किभमा नजिकबाट भएको आक्रमणमा १ हजार भन्दा बढीको ज्यान गएको एस्लेडको तथ्यांक छ।

राष्ट्र सङ्घ र एस्लेडको तथ्याङ्क अनुसार नै युक्रेनमा सर्वसाधारणको मृत्युको मुख्य कारण नै हवाई आक्रमण हो।

जेनेभा महासन्धि र अन्य अन्तर्राष्ट्रिय शान्ति सम्झौताका अनुसार आम नागरिकको हत्या गर्नु र महत्त्वपूर्ण भौतिक संरचनालाई नष्ट गर्नुलाई युद्ध अपराधको संज्ञा दिइएको छ। युक्रेनी अधिकारीले नजिकैबाट प्रहार गरेर सर्व साधारणलाई मार्नुका साथै अन्य थुप्रै युद्ध अपराध रुसले गरेको आरोप लगाएको छ। रुसले ती सबै आरोपको खण्डन गर्दै आएको छ।
त्यहाँ मारिने सेनाको सङ्ख्यका बारे भिन्न दाबी गरिएको छ।

मृत्युको तथ्याङ्क राख्ने संस्था एभ्री क्यासल्टी काउन्टका गाभिन क्राउडेनले पनि दुवै पक्षसँग सम्पर्क नगरी यस्तो तथ्याङ्क निकाल्न कठिन हुने बताएका छन्। ‘यसमा दुवै पक्ष धेरै सतर्क हुनुपर्ने विषय हो,’ उनले भनेका छन्। युद्धको समयमा मारिने सेनाको पूर्ण सङ्ख्या युक्रेनले पनि उपलब्ध गराएको छैन। तर, जुनको सुरुवातमै एक युक्रेनी सैनिक अधिकारीले केही सञ्चारमाध्यमसँग डोनाबास क्षेत्रमा प्रत्येक दिन १ सय देखि २ सय सेनाको ज्यान जाने गरेको बताएका छन्। अप्रिलमा रुसले २३ हजार युक्रेनी सेना मारेको दाबी गरेको थियो। रुसले आफ्नो सेनाको मृत्युको बारे मुख खोलेको छैन।

२५ मार्चकै दिन युद्ध सुरु भएपछि १ हजार ३ सय ५१ जना रुसी सेना मारिएको तथ्यांक बाहिर आएको थियो। अप्रिलमा बेलायती सरकारले १५ हजार रुसी सेनाको ज्यान गएको बताएको थियो। यी दाबी पुष्टि भने भएका छैनन्। राष्ट्र सङ्घीय अधिकारी पनि यसरी मारिनेको सङ्ख्या यकिन गर्न सकिरहेका छैनन्।

रुसमा रहेका बीबीसीका सञ्चारकर्मीले ४ हजार १० सेनाको मृत्युलाई पुष्टि नै गरेका छन्। उनीहरूले नाम सहितको सूची नै तयार पारेका छन्। यसरी मारिनेमा ६ सय ८५ जना अधिकृत र चार जना त जर्नल नै थिए। मृत्यु हुनेमा धेरै जसो तल्लो दर्जाका सेना थिए।
यी सबै तथ्यांक स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल स्थानीय बासीसँगको कुराकानी र स्थानीय निकायले दिएको जानकारीका आधारमा तयार गरिएको हो। युक्रेनमै शव रहेका धेरै रुसी सेनाको अझ पहिचान हुन बाँकी छ।

२५ मार्चकै दिन युद्ध सुरु भएपछि १ हजार ३ सय ५१ जना रुसी सेना मारिएको तथ्यांक बाहिर आएको थियो। अप्रिलमा बेलायती सरकारले १५ हजार रुसी सेनाको ज्यान गएको बताएको थियो। यी दाबी पुष्टि भने भएका छैनन्।

हरेक दिन दर्जनौँ सर्वसाधारणको ज्यान गई रहेको छ। यसैगरी लडाकुको ज्यान पनि गई नै रहेको छ। बग्नरले भने, ‘यदि मानिसको मृत्यु महत्त्वपूर्ण हो भने यी विषयमा ध्यान दिन आवश्यक छ।’

बीचमा केही समय रुसी सेना युक्रेनी सर्वसाधारण प्रति लचिलो देखिएको थियो। यो क्रमलामो समय रहेन। पछिल्ला दिनमा फेरि एक पटक रुसी सेनाले हवाई आक्रमण र मिसाइल प्रहारलाई बढाएको छ।

पछिल्ला दिनमा किभ, चेरीहीभ, ओडेसा माइकोल्याभ र खार्कीभमा रुसी सेनाको ज्यादती बढ्दो छ। साइभर डोन्सटेकमा सबै भन्दा बढी युद्धको असर पछिल्ला दिनमा पर्न थालेको छ। त्यो क्रम लायस्चान्सकमा पनि छ। डोनाबासकै स्लोभीनीयास्कमा पनि अवस्था त्य्स्तै खराब छ।

राष्ट्र सङ्घको एक समूहले गत साता बुचा, इरपिन खार्कीभ र सुमीको भ्रमण गरेको थियो। त्यसै भ्रमणबाट त्यहाँ युद्ध अपराधको घटना अझ बढी रहेको पुष्टि भएको हो। त्यस समूहले स्थलगत भ्रमणमा अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र अन्तर्राष्ट्रिय मानवतावादी कानुनको उल्लङ्घन गर्दै गम्भीर युद्ध अपराध गरिएको ठहर गरेको हो।

त्यसै प्रतिनिधि मण्डलले अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा चलाउने आधारका लागि प्रमाण खोजी गर्ने काम पनि गरिरहेको छ। अहिले युक्रेनमा खाद्यान्न संकट पनि छ। १ करोड ६० लाखलाई सहयोग आवश्यक परेको समयमा ८८ लाखलाई सहयोग उपलब्ध गराइएको छ।

रुसको यो ज्यादती र युद्ध अपराधका कारण हजारौँ सर्वसाधारणको ज्यान जानेक्रमले निरन्तरता पाएपछि सायद यसले अन्तर्राष्ट्रिय क्षेत्रको पनि गम्भीर चासो बटुलेको छ।
स्रोत बीबीसी, राष्ट्र संघ

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ३३ बजे

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता

 बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

मकवानपुर– बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो

गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्

काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले

मन्त्री तामाङको तर्क- पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन, मन्दिरमा राजनीति नगरौँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र 

जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च