अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद पार्टीबाटै निकालिए « Khabarhub

अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद पार्टीबाटै निकालिए


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ ।

जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नरहने गरी निष्कासन  गरेको हो ।

‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरूले गरेको क्रियाकलाप माथि कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम बिद्यान–२०७७ को परिच्छेद–३ सदस्यता सम्वन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद–८ को अनुशासनको कार्यवाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको व्यहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महोत्तरी–४ (क)बाट प्रदेश सांसद रहेका यादवले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरूलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो। स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन्।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ०८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि