जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस « Khabarhub

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन  मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । पार्टीले रिक्त मन्त्रालयमा नयाँ मन्त्रीसमेत सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको छ । 

मन्त्रीमा सिफारिस भएका सांसद यादवले पार्टीले मन्त्री परिवर्तनका  लागि सिफारिस गरेको जानकारी दिए । उनले भने, ‘पार्टीले मन्त्रीहरू सिफारिस गरेको हो, शपथको टुङ्गो भएको छैन हामी प्रतीक्षामा छौँ ।’  पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए ।

जसपाभित्र छ महिनाका लागि मन्त्री पठाइएको भन्दै फिर्ता बोलाउन पहिलेदेखि नै माग भइरहेको थियो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : २७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय