पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर ‘जाग्राम’ « Khabarhub

पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर ‘जाग्राम’


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बाढीपहिरोले  जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय नीरा घिमिरेले बताइन् । 

निरन्तरको वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । ‘उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । भवनमाथिको सडकबाट खसेको पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गा मुढा र माटो थुप्रिएको छ । अझै पानी परिरहे भवन नै बगाउने जोखिम छु,  उनले भने, ‘पहिरोले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छौं’ ।  पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ। उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ। 

वडाध्यक्ष गुरुङले भने, ‘पहिरो निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र  छिर्छ सफा गर्दै काम गछौँ ।’ वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्‍याउनुका साथै अन्य दुई स्थानका सडक बगाएको छ ।  

पहिरोले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि  बेला–बेलामा खसिरहेको पहिरोले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतको घर जोखिममा परेको स्थानीय केशव गुरुङले बताए । उनले भने, ‘बर्खा लागेसँगै राम्रोसँग निदाउन सकेको छैन । पहिरो आउँछ की भनेर रातभर जाग्राम बस्नुपर्छ । उनी मात्र होइन गाउँका अधिकांशको पीडा उस्तै छ । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ४५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था