साथी हुँदै जीवनसाथी बनेका इन्दिरा र शरदको जोडी (फोटो फिचर)  « Khabarhub

साथी हुँदै जीवनसाथी बनेका इन्दिरा र शरदको जोडी (फोटो फिचर) 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा विवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । विवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् । शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो ।

 भारतको दिल्लीमा फेशनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । आफ्ना गीतहरू आफैँ मोडलिङ गर्ने भएको कारणले पनि इन्दिरालाई उनका साथीले फेशन डिजाइनरसँग सल्लाह गर्दै इभेन्ट पुग्न सुझाइन । त्यही क्रममा शरदसँग उनको चिनजान भयो । ‘मलाइ एक जना साथीले शरदसम्म पुर्‍याउनु भएको हो । मलाइ ड्रेस चाहिरहने भएको र उहाँ दिल्ली फेशन इन्स्टीट्युटबाट अध्ययन गरेर फर्किएको डिजाइनर भएकाले साथीहरूकै सल्लाहमा भेट् भयो’ इन्दिराले भनिन् ।

आपसी साथीहरू कमन भएकाले उनीहरू भेटघाट बढ्न थाल्यो । कफी , खाजा , खानामा भेटघाट हुँदै गएपछि एक अर्कालाई चिन्ने मौका पाए । एकै किसिमको स्वभाव भएपछि इन्दिरालाई शरदको व्यक्तित्वले आकर्षित गर्‍यो । शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको इन्दिराले बताइन । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । ‘हामी रेस्टुराँमा पुग्दा सँगै पारिदिने । तिमीहरूको नेचर मिल्छ, अब जोडी मिलाऊ भन्दिने साथीहरू थिए । उनीहरूको जिस्काई र हाम्रो स्वभावले पनि हामी नजिक भएका हौँ’ इन्दिराले भनिन् । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडी बढाएको दिगो भएको बताइन ।

एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर , उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेशन शोमा सहभागी जाने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । ‘मौसम खराबीका कारण हामी माथि उड्न सकेनौँ । शरदले मलाइ नभनेता पनि उसको हाउँभाउँले मैँले हिन्ट पाएकी थिएँ’ उनले भनिन् । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथे । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे , शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिट्टै शरदको घरमा आउँथे ।

शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ’ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडीकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् । यही जोडीले खबरहबको लागि हालै फोटोशुट गराएका छन् । जहाँ इन्दिरा रातो साडीमा छिन् भने शरद सेतो सर्ट र पाइन्टमा छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४४ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ