साथी हुँदै जीवनसाथी बनेका इन्दिरा र शरदको जोडी (फोटो फिचर)  | Khabarhub Khabarhub

साथी हुँदै जीवनसाथी बनेका इन्दिरा र शरदको जोडी (फोटो फिचर) 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा विवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । विवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् । शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो ।

 भारतको दिल्लीमा फेशनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । आफ्ना गीतहरू आफैँ मोडलिङ गर्ने भएको कारणले पनि इन्दिरालाई उनका साथीले फेशन डिजाइनरसँग सल्लाह गर्दै इभेन्ट पुग्न सुझाइन । त्यही क्रममा शरदसँग उनको चिनजान भयो । ‘मलाइ एक जना साथीले शरदसम्म पुर्‍याउनु भएको हो । मलाइ ड्रेस चाहिरहने भएको र उहाँ दिल्ली फेशन इन्स्टीट्युटबाट अध्ययन गरेर फर्किएको डिजाइनर भएकाले साथीहरूकै सल्लाहमा भेट् भयो’ इन्दिराले भनिन् ।

आपसी साथीहरू कमन भएकाले उनीहरू भेटघाट बढ्न थाल्यो । कफी , खाजा , खानामा भेटघाट हुँदै गएपछि एक अर्कालाई चिन्ने मौका पाए । एकै किसिमको स्वभाव भएपछि इन्दिरालाई शरदको व्यक्तित्वले आकर्षित गर्‍यो । शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको इन्दिराले बताइन । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । ‘हामी रेस्टुराँमा पुग्दा सँगै पारिदिने । तिमीहरूको नेचर मिल्छ, अब जोडी मिलाऊ भन्दिने साथीहरू थिए । उनीहरूको जिस्काई र हाम्रो स्वभावले पनि हामी नजिक भएका हौँ’ इन्दिराले भनिन् । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडी बढाएको दिगो भएको बताइन ।

एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर , उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेशन शोमा सहभागी जाने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । ‘मौसम खराबीका कारण हामी माथि उड्न सकेनौँ । शरदले मलाइ नभनेता पनि उसको हाउँभाउँले मैँले हिन्ट पाएकी थिएँ’ उनले भनिन् । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथे । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे , शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिट्टै शरदको घरमा आउँथे ।

शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ’ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडीकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् । यही जोडीले खबरहबको लागि हालै फोटोशुट गराएका छन् । जहाँ इन्दिरा रातो साडीमा छिन् भने शरद सेतो सर्ट र पाइन्टमा छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ४४ बजे

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट