कम बजेटका फिल्मले धानेको बलिउड « Khabarhub

कम बजेटका फिल्मले धानेको बलिउड


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका लागि पछिल्लो समय निराशाजनक रहेको छ । वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन । ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन । कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा स्पष्ट देखिएको छ ।

कैयौं ठूला बजेटका फिल्म बक्स अफिसमा फ्लप भइरहँदा डकु ड्रामा ‘द कश्मीर फाइल्स’ ले थिएटरमा नयाँ आशा जगायो । जस कारण थिएटरमा चहलपहल बढ्यो । यो फिल्म पाँच सय पर्दामा रिलिज भयो र यसको सुरुवाती कलेक्सन मात्र ३ दशमलव ५ करोड थियो । यो फिल्मको स्क्रिन सङ्ख्या लगातार बढ्दै गयो र कलेक्सनको मात्राले उस्तै रफ्तार लियो । अनुपम खेर अभिनीत फिल्मले अन्ततः २ सय ५३ करोडको व्यापार गरेको छ ।

अर्कोतर्फ अक्षय कुमारको ठूला बजेटका दुई फिल्म फ्लप साबित भयो । जस कारण दर्शकमा निराशा प्रस्ट देखियो । यी फिल्ममा ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ थिए । अजय देवगनको फिल्म ‘रनवे ३४’को अवस्था उस्तै रह्यो ।

पछिल्लो पटक युवाको नजरमा दुई फिल्म ‘भूलभुलैया २’ र ‘जुगजुग जियो’ परे । झन्डै ३२ करोड बजेट रहेको फिल्म ‘भूलभुलैया २’ले बक्स अफिसमा २ सय ६२ करोड ४ लाखको कारोबार गरेको छ । ‘जुगजुग जियो’को सुरुवाती कलेक्सन राम्रो रह्यो । तर सप्ताहान्तमा यसले खासै कमाल देखाउन सकेन । ८५ करोडमा बनेको फिल्म ‘जुगजुग जियो’ले हालसम्म करिब ९६ करोड आसपासको मात्र व्यापार गरेको छ । फिल्म ‘गंगूबाई काठियावाडी’ अभिनेत्री आलिया भट्टका लागि राम्रो साबित भयो । एक्सन स्टार टाइगर श्राफको ‘हीरोपन्ती २’ ले बक्स अफिसमा एक्सन देखाउन सकेन ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : २० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले