नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला « Khabarhub

नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।

उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए। “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उनले भने, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।”

नेपालमा यसभन्दाअघि ओमिक्रोनको प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । निर्देशक डा दासले एक/दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताए। नेपालका केही दिनदेखियता यसको सङ्क्रमण दर बढिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : २८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर