भन्सालीको फिल्ममा आदित्य र कृति  « Khabarhub

भन्सालीको फिल्ममा आदित्य र कृति 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा निर्देशक संजय लीला भन्सालीले फिल्मलाई भव्य बनाउने गर्छन् । पछिल्लो समय पिरियड ड्रामामा आफ्नो बलियो उपस्थिति देखाइरहेका संजयले नयाँ प्रोजेक्टको तयारी थालेका छन् । उनले हिरामन्डी नामक वेब सिरिजसँगै फिल्मको काम समेत अगाडी बढाएका छन् । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म गरिरहेका भन्सालीले नयाँ प्रोजेक्टका लागि आदित्य रोय कपूर र कृति सेननलाई रोजेका छन् ।

माधुरी दीक्षित, ऐश्वर्या राय, दीपिका पादुकोण, आलिया भट्ट पछि भन्सालीले कृतिलाई आफ्नो फिल्ममा कास्ट गर्दै छन् । भन्सालीकै फिल्महरु मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउन सफल अभिनेत्रीहरूले गर्दा कृतिको भविष्य पनि चम्किने अनुमान गरिएको छ । पछिल्लो फिल्म ‘मिमी’ मा समेत अभिनयले दर्शकको मन जितेकी कृति भन्सालीसँग काम गर्न पाउँदा दङ्ग छिन् । सोसल ड्रामा जनरामा फिल्म बन्ने भनिएता पनि अझैँ कथावस्तु बारे प्रस्ट्याइएको छैन ।

पछिल्लो समय रणवीरको करियर ठीकठाक छैन । दीपिका पनि मसला शैलीमा निर्माण हुने फिल्ममा व्यस्त छिन् । यसैले गर्दा पनि निर्देशक भन्सालीले आफ्नो नयाँ फिल्म मार्फत बलिउडलाई नयाँ जोडी दिने तयारी गरेका छन् । यद्यपि हालै आदित्य अभिनीत फिल्म ‘ओम’ भने असफल रह्यो । यसको प्रभाव निर्देशक भन्सालीलाई पर्छ या पर्दैन ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ०७ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।