यसकारण विवादमा आउँछिन् पुनम  « Khabarhub

यसकारण विवादमा आउँछिन् पुनम 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय मोडल पुनम पाण्डे प्राय विवादमा आइरहन्छिन् । उनलाई उनकै भिडियोले विवादमा ल्याउने गर्छ । केहि फिल्ममा समेत अभिनय गरेकी पूनमलाई उनको ग्लामर छविकै कारण दर्शकले स्मरण गर्ने गरेका छन् ।

केहि समय अगाडी आफ्नो एक प्लेटफर्म क्रिएट गरेर एडल्ट सामग्री समेत अपलोड गर्ने गरेकी पूनमले एक शोमा आफूले यी सम्पूर्ण हर्कतहरु चर्चाकै लागि गरेको बताएकी छिन् । उनले क्यामरा अगाडी देखिने पुनम फरक रहेको बताउदै भारतीय कानुन विपरित कुनै कार्य नगरेको बताएकी छिन् ।

‘म एकदमै नर्मल छु । म कन्ट्रोभर्सीमा रमाउने केटी होइन । यद्यपि सल्लाह गलत पाउँदा र बलिउडमा स्थापित हुन् मैले ती सब कार्य गरेकी हुँ’ पुनमले भनिन् । उनले आफू टिनएज पार गरे लगतै बलिउडमा आएको हुँदा पनि सही निर्णय लिन नसकेको स्विकारिन । उनले आफूले केही नगर्नु पर्ने कार्यहरू गर्नुमा गलत सल्लाह नै रहेको बताइन । ‘मलाई जे सल्लाह दिइयो, त्यही अनुसार अगाडी बढे । यदि लाइफमा पछाडी फर्किन पाए भने ती सब सच्याउँछु’ उनले भनिन् ।

यद्यपि उनले आफूले बनाउने गरेको भिडियो एडल्ट नभई इरोटिक रहेको बताइन । उनले आफूले खिचेको भिडियो र फोटोले भारतीय कुनै कानुन नतोडेको जिकिर गर्दै त्यो इरोटिक भिडियो रहेकोमा जोड दिइन् । ‘मेरो इरोटिक भिडियोलाई अन्य तरिकाले बुझ्नु हुन्छ भने त्यो तपाइको बुझाइ हो । जे गर्छु, आफ्नो अनुसार गर्छु र त्यो स्विकार्न तयार पनि छु । तर, हरेकको बुझाइ फरक हुन्छ । मैँले निर्माण गरेर सार्वजनिक गर्ने इरोटिक भिडियोहरू कामसूत्रको नजिक भएता पनि त्यो एक किसिमको आर्ट हो’ पुनमले भनिन् ।

चर्चाका साथै बलिउडका ठुला ब्यानर माझ नोटिस हुन् आफूले पछिल्ला तमाम हरकत गरेको स्विकार्दै यथार्थ बुझेको समेत उनले बताइन । उनले चर्चा र ट्यालेन्टको फरक बुझिसकेको बताइन । ‘कन्ट्रोभर्सी त केही समयको हो । केही बन्न त ट्यालेन्ट नै चाहिन्छ । मैले त्यो तथ्यलाई बल्ल बुझे’ पुनमले भनिन् । पछिल्लो समय पुनम फिल्ममा देखिएकी छैनन् । यद्यपि उनले केही सिरिजहरू गर्न सक्ने खबरहरू आइनै रहेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ४४ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व