मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने नवनियुक्त वनमन्त्री प्रदीप यादवको भनाइ | Khabarhub Khabarhub

मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने नवनियुक्त वनमन्त्री प्रदीप यादवको भनाइ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् ।

मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताएका छन् ।

ती पालिकामा अहिले वन (रुख विरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोप्ने अभियानको थालनी गरिने मन्त्री यादवको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गरेका हुन् । सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ५१ बजे

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जनाले लिए सेवा

खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा