हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु | Khabarhub Khabarhub

हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा परी १२ जनाको मृत्यु


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु केही घाइते भएको अधिकारीले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ ।

केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना हृदयविदारक’ भएको ट्वीट गर्नु भएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ०३ बजे

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश

पेट दुखिरहन्छ ? खानुहोस् यी फाइबरयुक्त ५ चीज

काठमाडौं– पाचन क्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को पुस महिनामा मंसिर महिनाको

प्रधानमन्त्री ओली पोखरामा

 गण्डकी– प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम

बाह्रबिसेमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट

काठमाडौं – संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा