जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी « Khabarhub

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षण सञ्चालन गरी देशभर नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण गरिनेछ ।

समसामयिक राजनीतिक अवस्थामा समेत छलफल गरेको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटी, केन्द्रीय परिषद्को बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनका साथै केही निर्णयमा समेत छलफल बैठकले गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा र पाँच दलीय गठबन्धनमा भएका कमीकमजोरीमा थप प्रस्ट हुनुपर्ने ठहर गरेको छ ।

महासचिव भुसालका अनुसार बागमती प्रदेश सरकार तत्काल हेरफेर नगर्ने र गर्नुपरेमा मधेस प्रदेश बाहेकका सबै प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) को समन्वय र सहकार्यमा सन्तुलन मिलाएर गर्नुपर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ०१ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।