मनसुनको प्रभाव कायमै, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना « Khabarhub

मनसुनको प्रभाव कायमै, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

पनि देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पर्सि राति मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ३७ बजे

यूएईमा एउटा मिसाइल र ६ ड्रोन खसे, छ जना घाइते

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको भूभागभित्र

६० प्रतिशत मतदान भएको आयोगको अनुमान

काठमाडौं– निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५ देखि

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौं– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो