मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी छ।

हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ ।

यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति तोक्न केही दिन पर्खन भनेको बताएका थिए। संवैधानिक व्यवस्थाअनुसार मिति तोक्न ढिलाइ भइसकेको छ।

प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : ०८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल