मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकबाट आगामी संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी छ।

हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरुले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्। त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने देउवाको तयारी छ ।

यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिति तोक्न केही दिन पर्खन भनेको बताएका थिए। संवैधानिक व्यवस्थाअनुसार मिति तोक्न ढिलाइ भइसकेको छ।

प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। सरकारले संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : ०८ बजे

यूएईमा एउटा मिसाइल र ६ ड्रोन खसे, छ जना घाइते

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले देशको भूभागभित्र

६० प्रतिशत मतदान भएको आयोगको अनुमान

काठमाडौं– निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ५५ देखि

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौं– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो