पेलोसीको ताइवान भ्रमणबारे झलनाथ खनालले भने- ‘एक चीन नीतिविपरीत’ « Khabarhub

पेलोसीको ताइवान भ्रमणबारे झलनाथ खनालले भने- ‘एक चीन नीतिविपरीत’


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिविपरीत रहेको बताएका छन् ।

पेलोसीको ताइवान भ्रमण सकिएपछि खनालले विज्ञप्ती जारी गर्दै ताइवान चीनको अविभाज्य अंग भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन्।

ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएको भन्दै उनले ताइवानसँग सम्बन्धित सबै मुद्दाहरू चीनको आन्तरिक मामिला रहेको बताएका छन्। ‘चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै सबै देशहरूले ताइवानलाई चीनको अविभाज्य अंगका रूपमा मान्यता दिएका छन्। यस्तो अवस्थामा न्यान्सी पेलोसीको भ्रमण एक चीन सिद्धान्तविपरीत हो। त्यसैले, यसले ताइवान स्ट्रेट वरपर तनाव सिर्जना गरेको छ। ’ खनालले विज्ञप्तीमा लेखेका छन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले ताइवान क्षेत्र र सम्पूर्ण एसिया क्षेत्रमा शान्ति खलल पार्ने कुनै पनि गतिविधिको आफ्नो पार्टीले विरोध गर्ने पनि बताएका छन्। ‘ताइवानको सवालमा चीनले लिएको वैधानिक र शान्तिपूर्ण अडानलाई हामी समर्थन गर्छौं। कुनै पनि देशलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन्।’

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : २० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल