चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास, स्थिति नियन्त्रण बाहिर जान सक्छ : अमेरिका  « Khabarhub

चीनले थाल्यो ताइवान वरपर सैन्य अभ्यास, स्थिति नियन्त्रण बाहिर जान सक्छ : अमेरिका 


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यास थालेको छ।

ताइवानको छोटो र विवादास्पद भ्रमणपछि चीनले प्रतिक्रिया स्वरूप पाँच दिनको ‘आवश्यक र उचित’ सैन्य अभ्यासको घोषणा गरेको छ ।

ताइवानले २७ चिनियाँ युद्धक विमानहरू पहिले नै आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरिसकेको जनाएको छ । अज्ञात विमान, सम्भवतः ड्रोन, बाहिरी किनमेन टापुहरूमा उडेको ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको थियो।

अमेरिकाले सभामुख पेलोसीको भ्रमण लगत्तै भएको चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उसले चेतावनी दिएको छ।

‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भनेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : ५७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म