क्यानडामा मंकीपक्सबाट ८९० सङ्क्रमित « Khabarhub

क्यानडामा मंकीपक्सबाट ८९० सङ्क्रमित


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा- क्यानडामा पनि मंकीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।

यहाँका स्वास्थ्य संस्थाहरूले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

यहाँको सरकारले मंकीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप  लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।

पछिल्ला केही महिनामा यो मंकीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : ३९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई