विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त « Khabarhub

विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन् । सुवेदी खबरहब डट् कमका नियमित स्तम्भकार तथा विश्लेषक हुन्।

धनकुटाको दुर्गम गाउँ कुरुले टेनुपामा जन्मिएर सुबेदीले हाईस्कुलसम्मको अध्ययन मोरङको मधुमल्लाबाट पुरा गरेका थिए। उनले धरानबाट आइएससी सकेपछि त्रिचन्द्र कलेज र पछि त्रिभुवन विश्वविद्यालयमा रसायन शास्त्रमा स्नातकोत्तर गरेका छन्। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आबद्ध सुवेदी पञ्चायतमा राजतन्त्र विरोधी आन्दोलनमा सहभागी थिए। पछिल्ला वर्षहरूमा सुवेदी सक्रिय राजनीतिबाट अलग भई व्यवसायी, लेखक तथा विश्लेषकमा रूपमा सक्रिय थिए।

सुवेदीका जल सपना, माया तथा लीला, सपना का गाथाहरू लगायत पुस्तकहरू प्रकाशित छन्। सुवेदीले भूराजनीति र अन्तर्राष्ट्रिय राजनीति, विकास र अर्थतन्त्र, नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध तथा द्विपक्षीय र बहु सांस्कृतिक गतिशीलता, पूर्वीय दर्शन, नेपालको विकासका सम्भाव्ययता, नेपालको जलस्रोत लगायत विषयहरूमा अध्ययन केन्द्रित गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : २२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा