असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड « Khabarhub

असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।

काठमाडौँमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेसन सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ ।

आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।

काठमाडौँ बाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने उनले रोकायाले बताए। आवदेन शुल्क भने ई सेवा वा मोबाइल बैकिङबाट पठाउन सकिनेछ । कर्णाली कलाकार समाजले स्थानीय कला संस्कृतिको प्रवर्द्धनका लागि बेलाबेलामा सांस्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : २४ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने