एमालेको नेतृत्वमा सरकार बन्छ : विष्णु पौडेल « Khabarhub

एमालेको नेतृत्वमा सरकार बन्छ : विष्णु पौडेल


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । 

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सबै दल मिलेर गठबन्धन बनाएको उनको भनाई छ । पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुन सक्ने भन्दै उनले जनताको शक्तिको अगाडि राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे । मंसिर चार गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको बिचारलाई जनतामाझ लानुपर्ने उनले बताए ।

उनले एमालेलाई संसद्को ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ३७ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा