वरिष्ठ संगीतकार गजमेर सम्मानित « Khabarhub

वरिष्ठ संगीतकार गजमेर सम्मानित


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । 

दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।  

सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताए । 

सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुराँस फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरू गाइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ४३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर