साँखुमा मृत्त भेटिइन् हुम्लाकी मायादेवी « Khabarhub

साँखुमा मृत्त भेटिइन् हुम्लाकी मायादेवी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंखरापुर नगरपालिका स्थित साँखुमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । हुम्लाको आदमचुला गाउँपालिका–३ घर भई शंखरापुर–९ फुलालटारमा बस्ने १९ वर्षीया मायादेवी परियार मृत भेटिएकी हुन् ।

बिहान कलेज गएका श्रीमान मध्यान्ह फर्किँदा पत्नी मृत अवस्थामा भेटिएपछि उनले छिमेकीलाई खबर गरेका थिए । हुम्लाबाट दुई महिनाअघि आएकी उनी साँखुस्थित स्कुलमा कक्षा १० मा भर्ना भएकी थिइन् ।

मायादेवीका श्रीमान साँखुस्थित सिटिइभिटीमा स्कलरसिपमा हाइड्रो इन्जिनियरिङ पढदै छन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १० : ३७ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख