सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित « Khabarhub

सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। शनिबार राति भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान पराजित भएको हो।

खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिचको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो। खेलको २८ औं मिनेटमा एसी मिलानका राफायल लियोले गोल गर्दै खेल बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै एसी मिलानलाई २–१ को अग्रतामा पुर्याए। दोस्रो हाफमा इन्टर मिलानमाथि हाबी देखिएको एसी मिलानका लागि ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ अग्रता बनाए।

इन्टर मिलानले पुनरागमनको प्रयासमा खेलको ६७ औं मिनेटमा थप एक गोल गर्यो। अन्तिम प्रयास जितका लागि प्रयाप्त नहुँदा सुरुवाती अग्रता जोगाउन नसकेको इन्टर मिलान ३–२ ले पराजित हुनपुग्यो। जितसँगै शीर्ष स्थानमा रहेको एसी मिलानले पाँच खेलमा ११ अंक जोडेको छ। इन्टर मिलन ९ अंकसहित पाँचौ स्थानमा छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा