सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित « Khabarhub

सिरी ए फुटलबलमा एसी मिलानको रोमाञ्चक जित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। शनिबार राति भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर मिलान पराजित भएको हो।

खेलको २१ औं मिनेटमा मार्सेलो ब्रोजोभिचको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो। खेलको २८ औं मिनेटमा एसी मिलानका राफायल लियोले गोल गर्दै खेल बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै एसी मिलानलाई २–१ को अग्रतामा पुर्याए। दोस्रो हाफमा इन्टर मिलानमाथि हाबी देखिएको एसी मिलानका लागि ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ अग्रता बनाए।

इन्टर मिलानले पुनरागमनको प्रयासमा खेलको ६७ औं मिनेटमा थप एक गोल गर्यो। अन्तिम प्रयास जितका लागि प्रयाप्त नहुँदा सुरुवाती अग्रता जोगाउन नसकेको इन्टर मिलान ३–२ ले पराजित हुनपुग्यो। जितसँगै शीर्ष स्थानमा रहेको एसी मिलानले पाँच खेलमा ११ अंक जोडेको छ। इन्टर मिलन ९ अंकसहित पाँचौ स्थानमा छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३८ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन