काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते  « Khabarhub

काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा अन्दाजी ६५ बर्सिया महिला रहेकी छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित फरार चालकको खोजी भइरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

यस्तै काठमाडौँको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ५२ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा